दशैं लामो यात्रामा निस्कनेहरुले नछुटाउनुहोस् यी सामान

काठमाडौँ बडा दशैं नेपालीहरूको प्रमुख चाड हो । त्यसैले पनि यो समयमा सबैभन्दा लामो छुट्टी हुने गर्दछ । राष्ट्रिय चाड समेत मनिने दशैंको छुट्टीमा मानिसहरु घुमफिर गर्न रुचाउँछन् । प्रायजसो दशैको मुख्य दिन अर्थात् विजया दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका(प्रसाद ग्रहण गरेर नजिकका ईष्टमित्रको घरमा गएर टिका लगाएर रमाईलो मान्दै घुमघाममा निस्कन्छन् भने केहि टिकाको भोलिपल्टै वा पर्सिपल्ट लङ ड्राईभमा निस्कन्छन् । किनकी यो छुट्टीको उपयोग गर्ने मौका हो । तर लङ ड्राईभ हामीले सोचजस्तो नहुन पनि सक्छ । यसको कारण छ ।

भौगोलिक बनावट, मौसम, सडकको अवस्था आदी कारणले गर्दा लङ ड्राईभमा जाँदा सकेसम्म केहि कुराहरु ध्यान पुर्याउनै पर्छ ।

-सवारी साधानको कन्डिसन राम्रो बनाएर मात्रै यात्रामा निस्कनुपर्छ ।
-दुई जना चालक हुँदा राम्रो हुन्छ ।
-सकेसम्म अनुभवी मान्छेले सवारी हाँक्नुपर्छ ।
-खाली रोड छ भन्दैमा सवारीको गति धेरै बढाउनु हुँदैन ।
-घुम्ति र मोडहरुमा विशेष ध्यान दिनुपर्छ ।
-नयाँ लोकसनमा जाँदा कम्तिमा पहिल्यै त्यो ठाउँको बारेमा केहि जानकारी लिनुपर्छ ।
-सवारी साधनमा केहि खानेकुराहरु राखिरहनुपर्छ ।
-प्राथमिक उपचारको सामानहरु साथमा बोकेर हिड्नुपर्छ । हो, यति कुरामा सचेत भएको खण्डमा पनि हामी हाम्रो यात्रा सहज बनाउन सक्छौँ । हामीले यहाँ चर्चा गर्न खोजेको विषय हो, प्राथमिक उपचारका सामाग्री अर्थात् फस्र्ट एड बक्सको ।
मानौं, तपाईंको यात्रामा हिँडेकामध्ये कसैलाई सामान्य चोट लाग्यो । अब के गर्ने यो अलमल र दुखबाट पार पाउन, कसैलाई रिँगटा लाग्ने, टाउको दुख्ने, वान्ता आउने जस्तो सामान्य किसिमको तर यात्रा खल्लो बनाउने गरी समस्या निम्तिहाल्यो भने के गर्ने ? खानपिन चलिरहेकै बेला छ्यास्स पोल्यो भने के गर्ने ? हरीयाली देखेर फोटो खिच्न पोज दिनुभएको थियो सर्पले डस्यो अब के गर्ने ? बाटो अलमल्ल पर्नुभयो अब के गर्ने ? हो यस्तै अब के गर्ने भन्ने किसीमका समस्या समाधान गर्नका लागि र यो दुविधाबाट पार पाउनको लागि हाम्रो गाडीमा फस्र्ट एड बक्स हुनैपर्छ ।

संभावित जोखिमबाट आफू बच्न अरुलाई बचाउनको लागि, अवस्था थप खराब वा जोखिमपूर्ण हुन नदिनको लागि उचित उपचारका लागि सम्बन्धित स्थानमा नपुगुन्जेलसम्मको अवस्था ठिक राख्नको लागि, केहि भैपरी हाल्यो भने तत्काल समाधान गर्न । स-सानो अप्ठेरोबाट सहजै पार पाउनको लागि ।
-सिटामोल
-थर्मामिटर
-ह्याण्डी प्लाष्ट
-नेल कटर
-सियो धागो
-टेप
-ब्याण्डेज
-महिलाहरुले (सेनेटरी प्याड) छुटाउनु हुँदैन ।
-हलुका खानेकुरा गाडीमा राख्नुपर्छ ।
-प्राथमिक उपचारबारे थाहा पाउनुपर्छ ।
-सामान्य सवारी दुर्घटना पर्दा गर्नुपर्ने काम र अपनाउनुपर्ने उपायबारे थाहा पाउनुपर्छ ।
-घाइतेलाई सुरक्षित ठाउँमा राख्ने ।
-श्वासप्रश्वास निरिक्षण गर्ने ।
-रगत बगिरहेको भए रक्तश्राव रोक्ने ।
-मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
-हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने ।
-फस्र्ट एडको बक्स गाडी राख्दा राम्रो हुन्छ ।

-आपतकालीन फोन नम्बरहरूको एक सूची
-विभिन्न आकारका ब्याण्डेज प्याडहरू
-टेप
-विभिन्न आकारका पट्टी
-एन्टिसेप्टिक वाइपहरू
-साबुन
-एन्टिबायोटिक मलम
-सिटामिनोफेन र आईबुप्रोफेन
-अतिरिक्त औषधि औषधी ९यदि परिवार छुट्टीमा जाँदै छ०
-चिम्टी
-कैंची
-पिनहरु
-लोशन
-मदिरा वाइप
-थर्मामीटर
-फ्ल्यासलाइट
दुर्घटना नचाहँदा नचाहँदै भोग्नुपर्ने नियति हो । त्यसकारण सजग बनौँ । तपाईको यात्रा शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?