ट्याक्सी मिटरमा जान मानेन ? त्यसो भए यसो गर्नुस्

काठमाडौं । नेपालीको महत्वपूर्ण चाड बडादशैँमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चलेका छन् ।

हुनत सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर तीन सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी० ले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गरेका छन् । तर त्यो पर्याप्त छैन ।

तर, काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीले मिटरमा नचलाए कारबाही हुने ट्राफिक महशाखाले जनाएको छ ।

ट्याक्सी चालकले मिटरमा जान नमाने ट्राफिक प्रहरीको फोन नम्बर १०३, ४२१९६४१ एव हेलो सरकार कक्षको ४२ ११ ०८७ र ९८५११४५०४५ मा खबर गर्न अनुरोध गरेको छ ।

चाडपर्वका बेला सार्वजनिक यातायात कम चल्ने हुनाले ट्याक्सी चालकहरुले मौकाको फाइदा उठाएर दोब्बरसम्म भाडा लिने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?