थाहा पाइराख्नुस् कानको फोहोरबारे ५ जानकारी

१. कानको मयल कसरी बाहिर ?

कानभित्रका कोशिकाहरु विशेष प्रकारका हुन्छन् । तिनीहरु एक ठाउँबाट अर्को ठाउँमा सर्छन् । लण्डनको रोयल नेशनल अस्पतालका नाक, कान, घाँटीका प्रोफेसर सकिल सइदका अनुसार मसीको एकबुँद हालेर हेर्नोेस्, केही हप्तापछि त्यो कोशिकाका साथ बाहिर आउँछ । यदि यस्तो भएन भने कानको छिद्र प्राकृतिक प्रक्रियाबाट बनेको मृत कोशिकाले भरिएको छ भन्ने बुझे हुन्छ ।

यो तरिकाबाट कानभित्रको मयल अगाडि बढ्छ । खाने, पिउने या यताउति हल्लिँदा पनि मयल बाहिर आउँछ ।

प्रफेसर सइदले पत्ता लगाएका छन् कि उमेर बढ्दै जाने क्रममा कहिलेकाँही कानभित्रको मयल कालो हुँदै जान्छ । जुन मानिसको कानको प्वालमा रौं उमि्रएको छ, उसको कानभित्रको मयल बाहिर निस्कन पाउँदैन ।

२. एन्टी माइक्रोबियल गुण

कानको मयलमा मैन हुन्छ । तर, यो मूलरुपमा मृत केराटिनोसाइट कोशिकाबाट बनेको हुन्छ । कानको मयलका केही पदार्थहरुको मिश्रण भएको हुन्छ । करिब १ हजारदेखि २ हजार ग्रन्थीले एन्टी माइक्रोबियल पेप्टाइड बनाउँछन् । रौंको कोशिकाकै जस्तो ग्रन्थीले मिश्रति अल्कोहल, स्कुआलिन नामको तेल, कोलस्ट्रोल, ट्राइग्लिसराइड बनाउँछ ।

महला र पुरुषको कानको मयल एकै प्रकारले बन्छ । तर, एक अध्ययनबाट पत्ता लागेको छ कि ट्राइग्लिसराइडको मात्रा नोभेम्बरलेखि जुलाइसम्म कम मात्रामा उत्पन्न हुन्छ । कानको मयलमा लाइसोजाइम नामको तत्व पनि पाइन्छ, जुन एक प्रकारको एन्टी ब्याक्टोरियल इन्जाइम हो ।

३. क्रोमोजोम जिम्मेवार

अमेरिकाको फिलाडेल्पिmयाको मोनेल संस्थानका वैज्ञानिकका अनुसार एशियाली वा गैर एशियाली देशका मानिसको कानमा अलग-अलग किसिमको मयल जम्मा हुन्छ । क्रोमोजोम १६ कानको मयल गीलो या साह्रो हुनुमा जिम्मेवार छ ।

जीन एबीसी ११ मा एक सामान्य परिवर्तन कानको कानको मयल सुख्खा या नरम हुने अनि चिनियाँ, जापानी र कोरियाली व्यीक्तको शरीर कम दुर्गन्धयुक्त हुने विषयसँग सम्बन्धित छ ।

४. कान सफा गर्ने तरिका

कान सफा गर्नका लागि कुनै सिरिञ्ज भन्दा सानो भ्याकुम क्लिनर उपयुक्त हुन्छ । प्रोफेसर सइद भन्छन्-यदि तपाई पानीको प्रयोग गर्नुहुन्छ भने त्यो मलयभन्दा अगाडिसम्म जानुपर्ने हुन्छ र मयल लिएर र्फकनुपर्ने हुन्छ । यसका लागि धेरै जोड पनि लगाउनुहुँदैन । कानको पर्दामा सिरिञ्जले नोक्सानै त पुर्‍याउँदैन, तर कहिलेकाँकी त्यस्तो हुुन सक्छ ।

५. प्रदुषण पत्ता लाग्छ

कानको मयलमा केही अन्य शारीरिक श्रावजस्तै केही धातुका रुपमा विषाक्त पदार्थ पनि हुन सक्छ । यो एउटा यस्तो चिज देख्नका लागि अजीव स्थान हो, तर, दोस्रो, साधारण रक्त परीक्षणजतिको विश्वसनीय चाँहि हुँदैन । केही दुर्लभ अधिऊष्णता सम्बन्धी विकार कानको मयललाई प्रभावित गर्ने किसिमको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?