सोमालिल्यान्ड, २५ पुस । स्वघोषित गणतन्त्र सोमालिल्यान्डले ऐतिहासिक रुपमा पहिलो पटक बलात्कारकाविरुद्ध एक कानुन पारित गर्दै अपराधको दायरामा ल्याएको छ यहाँ अहिलेसम्म बलात्कारलाई साँस्कृतिक समस्याका रुपमा लिएर बलात्कारीलाई पीडितसँग विवाह गर्न आदेश दिइन्थ्यो अब कानुन पास भएपछि बलात्कारीलाई कम्तिमा पनि ३० वर्षको जेल सजाय हुनेछ । सोमालिल्यान्डले १९९१ मा सोमालियाबाट अलग स्वतन्त्र देश घोषित गरेको थियो । यो देशलाई अहिलेसम्म पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छैन यहाँ अहिलेसम्म पनि बलात्कारविरुद्ध कानुन थिएन । सोमालिल्यान्ड संसदका सभामुख बाशे मोहम्मद फराहले बलात्कारका घटना बढेको र नयाँ कानुनले त्यसलाई रोक्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया