काठमाडौँ – नेपालमा मनाइने पर्वमध्ये हिन्दूहरूको महान चाड भनेको बडा दशैँ हो । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आर्शीवाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ ।
यस पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी वर्षौदेखि चल्दै आएको छ ।
दशैँमा विशेष गरी मासुका विभिन्न परिकारका साथै अन्य धेरै परिकारका खानेकुरा घरमा बनाइन्छ । घरमा आउने पाहुनालाई पनि प्राय मासुजन्य परिकार नै खुवाइने भएकाले यो समयको खानपानलाई निकै ‘अस्वस्थ्य’ मानिन्छ । खानेकुराको मात्रा र संयोजन नमिल्दा फुड पोइजनको समस्या समेत देखापर्ने गरेको छ ।
जसबाट बच्न कुन खानेकुरा कहिले, कति र केसँग खाने भन्ने बारेमा सबैसँग ज्ञान हुन जरुरी छ ।
फुड पोइजनबाट बच्न नखानुस् यी खानेकुरा ः
दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुँदैन ।
दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन ।
दहीसँग खीर, पनिर, तातो पदार्थ र पानीको अधिक मात्रा भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानुहुँदैन ।
माछा र सक्खर सँगै खानुु हुँदैन ।
दुधको साथमा बटर, काँचो केरा, आँप, जामुना, ओखर, नरिवल खानु हुँदैन ।
परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ ।
हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन ।
भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुँदैन । खाएमा अम्लपित्त बढ्छ ।
दशैँमा विशेष ध्यान दिनुपर्ने कुराहरू
दशैँको बेलामा विशेषगरी मासुका परिकार धेरै बन्ने भएकाले, मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।
यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्त्व पनि पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरका लागि अति आवश्यक तत्त्व हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईं–हामीले सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ ।
आफैले घरमा मासु सफा तरिकाले पकाउने र सरसफाइमा विशेष ध्यान दिनु अवाश्यक छ । मासु किन्न जादाँ विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु किन्नुपर्छ । मासु खाएको बेलामा अधिकतम हरियो सागसब्जी खानुलाई रामो मानिन्छ । आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने, मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार सकेसम्म खानु हँुदैन । दैनिक व्यायाम गर्ने, सुरक्षित उपाय अपनाएर भण्डारन गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने गर्नु पर्छ ।
मासु खाँदा सकेसम्म सेतो मासु जस्तै कुखुरा या अन्य पंक्षीका मासु अनि माछा सेवन धेरै गरौं अनि पकाउँदा सकेसम्म थोरै तेल र मसला हालेर पकाउने गनुपर्छ ।
दुध, दही साथै अन्य दुग्धजन्य पदार्थसँग रक्सी खानु हुँदैन ।
ब्रान्डी, ह्वीस्की, रातो वाइन धेरै सेवन गर्नुहुँदैन । मदिरा पदार्थ सेवन गरेको वेलामा प्रशस्त पानी पिउनुपर्छ । मासु र बियरको केमिस्ट्री ज्यादै नराम्रो हो । हरेक पेग रक्सीसँगै पानी सेवन गरौं, मदिरा सेवन गर्नुहुन्छ भने पानी धेरै सेवन गर्नुहोला । खाली पेटमा भने रक्सी सेवन गर्नुहुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया