दशैँको तीन दिन प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ ?

काठमाडौं | नेपाल प्रहरीले चाडपर्वमा हुने सवारी साधनको अभावलाई मध्यनजर गर्दै दशैँको तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ।

प्रहरीका अनुसार दशैँमा सार्वजनिक सवारीको अभाव हुन नदिन दुईवटा बस सञ्चालन गर्न लागिएको हो । अष्टमी, नवमी र टिकाको दिन बस सचालन गर्ने लागिएको प्रहरीले जनाएको छ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, रत्नपार्क, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना, पुल्चोक हुँदै पुतलीसडक चल्ने छ। त्यस्तै रुट नम्बर २ को बस नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौर हुँदै बालुवाटार पुग्ने प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?