दशैँमा माहौलमा सबैजना झुमिरहेका छन् । मौसम र चहलपहलले दशैँको रौनकता बढाएको छ । तपाइको घरमा पनि रमाइलो भइरहेको होला । तर यहि रमाइलोको बिचमा तपाइहरुले ख्याल गर्नुपर्ने कुरा छ । अर्थात् घरमा सुत्केरी तथा गर्भवती महिना छिन् भने के गर्ने रु के ख्वाउने रु चिकित्सकसँग कुराकानी गरेर लोकपथले केहि टिप्सहरु प्रस्तुत गरेको छ । जब गर्भमा बच्चा रहन्छ, तब गर्भवतीको शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ्य हुनु जरुरी छ । किनकी गर्भवती महिला स्वस्थ्य नभएमा गर्भको बच्चामा सोझो प्रभाव पार्छ । बच्चाको राम्रो मानसिक र शारीरिक विकासका लागि पनि गर्भावस्थामा ख्याल राख्नु पर्छ । उनीहरु सकारात्मक, खुसी, सुखी भए गर्भको बच्चामा त्यसको प्रभाव पर्छ । यद्यपी गर्भवती आफुले मात्र चाहेर सबै कुराको ख्याल राख्न सक्दैनन् । त्यसैले घरको परिवारले पनि गर्भवती महिलाको ख्याल राख्नु जरुरी छ । झन् चाडपर्वमा पाहुनापाछाको व्यवस्थापनमा लाग्दा गर्भवती तथा सुत्केरीले उचित खान पाएका छन् कि छैनन् पनि विचार पुर्याउनुपर्छ ।
गर्भवती महिलाको खानपानमा ध्यान दिर्नुे महत्वपूर्ण कुरा हो । सन्तुलित आहारले गर्भवती महिला र गर्भमा रहेको बच्चालाई राम्रो गर्छ ।
गर्भावस्थामा चाहिने पोषिला खानेकुरा
क्यालोरीस् भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिनस् दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेटस् दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । ९खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।०
आइरनस् रातो मासु, गाढा हरिया सागपात, गेडागुडी ९खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।०
गर्भवती महिलाले खानैपर्ने खानेकुरा
कम फ्याटयुक्त दुग्ध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु राम्रो मानिछ ।
गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्धत गर्दछ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।
गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु खानुलाई चिकित्सकहरुले आमा तथा बच्चाको रोग प्रतिरोधी क्षमता पनि बढाउने सल्लाह दिँदै आएका छन् । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी छ ।
तिल पनि क्याल्सियमको राम्रो श्रोत हो । त्यसैले तिलको सेवन पनि गर्भवती महिलाको लागि लाभदायक हुन्छ । पालुंगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा प्रशस्त क्याल्सियम पाइन्छ । यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकाशमा पनि सहयोग पूराउँछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात खानु पर्छ ।
गर्भावस्थामा काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ । त्यसैले मासु र अण्डा राम्रो सँग पकाएर खानुपर्छ ।
गर्भावस्थामा धुम्रपान र मदिरा पदार्थ सेवन गर्नु हुदैन । अल्कोहलले पनि भर्खर विकास हुदैँ गरेका शिशुको दिमाग लगायतका अंगमा क्षति पु¥याउँछ । यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ ।
हिन्दुहरुको महान चाड बडा दशैँ नजिकिएको छ । दशैँका बेलामा घरमा अरु समयको भन्दा भोजनका लागि मीठो परिकार बन्ने गरेका छन् । दशैँमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम प्रवृत्ति पनि चलि आएको छ । तर चिकितसकका अनुसार गर्भवती महिलाले दशैँको बेलमा पनि आफ्नो खानपानको तालिका हेरफेर नगर्न सुझाव दिएका छन् । अरु बेलाको भन्दा दशैँको बेलामा घरमा धेरै भोजनहरु सामानय भएको भएपनि गर्भवती महिलाले भने आफ्नो स्वास्थ्यको बढि ख्याल राख्नु जरुरी हुन्छ ।
सुत्केरी महिलाले खानै पर्ने
सुत्केरीले अवस्थामा स्थानीय खानेकुरालाई बढि जोड दिनुपर्छ । हाम्रो गाउँघरमा पाउने खाद्य समूहहरूबाट कार्बोहाइडे«ड, प्रोटिन, मिनिरल, भिटामिन, फाइबर पाउन सकिन्छ । गाउँघरमा पाउने खाना जस्तैः नफलेको चामल, कोदोको परिकार, फापरको परिकार, मकै जौ, गहुँ, गेडागुडी, माछामासु, सिलाम, तिल, आलस आदि प्रशस्त मात्रामा खानुपर्छ । यस्तो बेला पर्याप्त मात्रामा सागसब्जी फाइबरयुक्त खानेकुरा खानामा समावेश गर्नुपर्छ । बदाम, काजु, किसमिस आदि पनि पोषिला खानेकुरा हुन् । दूग्धजन्य परिकार ठिक्क मात्रामा खानुपर्छ । साथै पानी पर्याप्त मात्रामा ९दिनको दुईदेखि तीन लिटर० पिउनुपर्छ । दूध खुवाउने आमाको निमित्त पनि प्रशस्त मात्रामा पानी जरुरी हुन्छ ।
गर्भवती महिला र सुत्केरी महिलाहरुलाई दशैँको बेलामा बढि चिल्लो र पिरो भएको खानेकुरा नखान चिकित्सकहरुले सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया