नेपालथोकमा यात्रुबाहक बस दुर्घटना : ३ को मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा यात्रुबाहक मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् | काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा दुर्घटना भएको हो |
प्रहरीका अनुसार मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ । बसमा २८ जना यात्रु सवार थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार तीब्र गतिका दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?