नकारात्मक सोच भएका व्यक्तिसँग कसरी व्यवहार गर्ने ?

नकारात्मक र खराब आचरण भएका मानिसहरु जो सुकैको लागि तनावको विषय हुने गर्दछन् । यदि तपाईंको जिन्दगीमा पनि यस्ता मानिसहरु छन् जो हरेका कुरामा नकारात्मक सोच राख्ने गर्दछ भने उनीसँग व्यवहार गर्ने केही तरिका तपाईंलाई काम लाग्न सक्छ ।

यदि तपाईंको वरिपरि नकारात्मक सोच भएका मानिसहरु छन् भने कि त उनीहरुलाई तपाईंले पूरै परिवर्तन गरिदिनुहोस् अथवा उनीहरुबाट तपाईं आफैँ टाढा रहनुहोस् । तर यदि त्यस्ता व्यक्तिहरु तपाईंको राम्रो साथी अथवा परिवारका व्यक्ति हुन् भने तपाईंले उनीहरुको सोच बदल्न दबाब दिन नहुने पनि बुझ्नुहोस् ।

१. उनीहरुलाई त्यस्तै हुन दिनुहोस्ः
जो मानिसहरु नकारात्मक सोचका हुन्छन् र जसको व्यवहार राम्रो हुँदैन, त्यस्ता व्यक्तिहरुलाई कुनै न कुनै बेला आफूले गरेको गल्तीको बारेमा थाहा हुन्छ । यस्ता व्यक्तिहरुसँग केहि पनि नबोल्नुहोस् र हेर्नुहोस् यसको असर कस्तो हुन्छ ।
२. उनीहरुको सामना गर्नुहोस्ः
यस्ता व्यक्तिहरुको सामना गर्नुभन्दा पहिले तपाईं मानसिक रुपमा तयार हुनुहोस् । यस्ता व्यक्तिहरु तपाईंसँग धेरै रिसाउन सक्छन् । यति बेला तपाईं निकै शान्त रहुनपर्ने हुन्छ र आफ्नो कुरामा अडिग रहनुपर्ने हुन्छ ।
३. सिधा बोल्नुहोस्ः
जब यस्ता व्यक्तिहरु राम्रो मुडमा हुन्छन् तब उनीहरुलाई उनीहरुको कमजोरीको बारेमा सिधै भन्नुहोस् ।
४. टाढा हुनुहोस्ः
यदि कुनै घटना सम्हाल्न नसक्ने अवस्था आयो भने ती व्यक्तिबाट आफै टाढा जानुहोस् ।
५. आफूलाई असर पर्न नदिनुहोस्ः
तपाईंले यी कदम उठाउँदा तपाईंको सोच सकारात्मक हुन जरुरी छ । तपाईं आफूमा नहराउनुहोस्, शान्त रहनुहोस् र कुनै पनि कुरालाई मनमा नलिनुहोस् । यदि यस्ता व्यक्तिहरु तपाईंको कुरा मान्नुहुन्न भने तपाईं त्यस्ता व्यक्ति बिना नै आफ्नो बाटो तताउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?