कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाइमा समस्या ल्याउँछ । केही मनोबैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । केही टिप्सः
-भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै,बाल्यकालका सम्झनाहरु ,भविष्यको रुचिहरु,इच्छाहरु आदिबारे कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् ।
-उनीहरुले तपाईंहरु प्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाईं उनीहरुको नजिकै उभिनुभएको छ भने अप्ठ्यारो महसुस गरेका हुन सक्छन् ।
-कहिलेकाहिँ जिस्काउने गर्नुहोस् । तर वरिपरिको वातावरण,परिस्थिती र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै उनीहरुको ज्यादै नजिक हुन पनि बल पुर्याउँछ । त्यसपछि कुरा गर्न पनि सजिलो हुन्छ ।
-उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुकाबारे तपाईंले केही थाहा पाउनुभयो,त्यसबारे कुरा गर्नुहोस् ।
-महिलाहरुसँग उनीहरुलाई दिक्क र झर्को लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् ।
-प्रश्न गर्दा ठाडो तरिकाले होइन,नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।
-आफ्नो परिचय नलुकाउनुहोस् । काम,इच्छा र विचारका बारे खुलेर कुरा गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया