कार्यालयमा काम गरिरहँदा एकदिन रक्षाले चन्द्रागीरी जाने चाहाना भएको बताई, मैले तत्काल प्रतिक्रिया दिए त्यसो भए विहिवार जाने, मैले हतारोमा प्रतिक्रिया दिनुको कारण यो पनि थियो कि मलाई रक्षा एकदमै मन पथ्र्यो तर मैले रक्षालाई मनको कुरा भनेको थिईन अझ भनौ भन्ने आँटनै गरेको थिईन । मनको कुरा उ संग साटासाट गर्नलाई मेरो लागि उपयुक्त स्थान बन्न सक्थ्यो चन्द्रागीरि । तर प्राईभेट कम्पनीमा सामान्य काम गर्ने हामीसंग घुम्न जाने आर्थिक श्रोत भने थिएन तर मलाई जसरी पनि चन्द्रगीरि जानू थियो रक्षा संग, उ संगको सामिप्यता अनि मनको कुरा र माया प्रेम साटासाट गर्नपाउने उपयुक्त अवसर थियो मेरालागि ।
आँफुले मनपराएको अनि माया गरेको मान्छे संग घुम्नजाँदा खल्तिमा पैसा भएन भने कतै मैले उनलाई गुमाउनु पो पर्ने हो कि भन्ने ठुलो पिर थियो मनमा ।
मंगलवार साँझ सम्म पनि चन्द्रगिरि घुम्न जानको लागि रकम जुटाउन नसकेकोमा मलाई ठुलो छटपटाहट थियो, आँफुले मनपराएको अनि माया गरेको मान्छे संग घुम्नजाँदा खल्तिमा पैसा भएन भने कतै मैले उनलाई गुमाउनु पो पर्ने हो कि भन्ने ठुलो पिर थियो मनमा । पैसा नभएको छटपटाहटमा ल्यापटपमा फेसबुक चलाईरहेको थिए , अनि दिमागमा आईडिया आयो, म यहि ल्यापटप बेचेर पनि त चन्द्रगिरि जान सक्छु तर कस्ले किनिदेला र भन्ने बित्तिकै, फेरि यहि एउटा ल्यापटप पनि सरकारी अस्पतालमा जागीर पाएपछि सानी दिदिले किनिदिएकि थिई, दिदिले थाहा पाई भने के भन्लि ? फेरि सोचे ल्यापटप त अलिकति पैसा कमाएर २र४ महिनामा किनिहाल्छु नि तर म रक्षा संग घुम्न जाने अवसर गुमाउन सक्दिन किनकि म रक्षालाई सबै भन्दा धेरै माया गर्छु , अनि चहार्नथाले ईन्टरनेटमा सेकेण्डह्याण्ड ल्यापटप पसल । शंकटा मन्दिर नजिकै एउटा ल्यापटप खरिद बिक्रि पसल भेटियो तर सानिदिदिले ६० हजारमा किनिदिएको ल्यापटपको २८ हजार भन्दा बढि पैसा नआउने भयो, तै पनि मैले दिदिले माया गरेर दिएको ल्यापटप बेचिदिए किनकि सवाल मेरो मायाको थियो। योजना मुताविक विहिवारको दिन विहानै हामिले कलंकिमा भेट्यौ , उ संग उस्को एउटा साथि पनि थिई पुजा, एउटै कार्यालयमा काम गर्ने भएकोले पुजा संग पनि मेरो चिनजान राम्रै थियो तर दुख पनि लाग्यो पुजाको अगाडि म रक्षालाई कसरी प्रेम गर्छु भन्न सकुला र आँफै भित्र प्रश्नोत्तर गर्दै हामी चन्द्रगीरि तर्फ अगाडि बढ्यौ ।
ईतिहाँसमा हामिले पढेका थियौ, चन्द्रागिरी डाँडाबाट काठमाण्डौं उपत्यका हेरे पछि पृथ्वीनारायण शाहले काठमाण्डौं जित्ने अठोट राखेका थिए रे तर हामीले डेटिङ गर्ने थलोको रुपमा यसलाई रोज्यौ त्यसो त हामिले काठमाण्डौ उपत्यकालाई त्यहाँ बाट नियाल्ने प्रयाश नगरेका होईनौ, उपत्यका तर्फ बाक्लो तुवाँलोले शहरलाई छोपेको थियो ।पृथ्वीनारायण शाहका पालाको किर्तिपुर काठमाण्डौं हुँदै हाम्रा पालामा धुलोमाण्डु बनिसकेको थियो । चन्द्रागिरी डाँडाबाट हामिले राजधानी शहरको सुन्दरता स्पर्श गर्ने मौका नै पाएनौ
केवलकारको टिकेट किन्ने ठाँउमा म अगाडि सरे र टिकेट किने तिनै जनाको लागि अनि केवलकार चढ्यौं हामी ।केवलकार भित्र हामी ३ जना मात्र थियौ म रक्षा र पुजाको अपोजिट साईडमा बसे किनकि मलाई रक्षाको अनुहार जति हेरे पनि झन हेरिरहुँ जस्तो लाग्छ ।उनको रेशमि कपाल , नशालु आँखा अनि लठ्ठै बनाउने मुस्कान सायद म शब्दमा बयान गर्नै सक्दिन यस्तो लाग्छ यस्तो सुन्दरी बनाउन भगवानले कति मेहेनत गरे होलान । म बेला बेलामा रक्षाको तस्विर पनि खिचिरहेको थिए आफ्नो मोबाईलबाट । एकदमै खुशि देखिन्थिन उनी तर सायद उनलाई मेरो माया महशुस थिएन । केहिबेरमा हामी चन्द्रागीरि डाँडामा पुग्यौं ।
मेरो लागि चन्द्रागिरी र यहाँबाट देखिने सुन्दरताले खासै अर्थ राख्दैन थियो, किनकि म संग संसारको सबै भन्दा ठुलो सुन्दरता साथमा थियो , रक्षाको सुन्दरता । उनको सुन्दरताका अगाडि संसारका सबै चिजहरु फिका लाग्थ्यो मलाई ।
चन्द्रागिरी डाँडामा पुग्ने बित्तिकै चिसोले पहिलो स्पर्श गरयो । डाँडामा पुगिसकेपछि रक्षा र पुजाको अनुहारमा पनि चमक देखियो । ईतिहाँसमा हामिले पढेका थियौ, चन्द्रागिरी डाँडाबाट काठमाण्डौं उपत्यका हेरे पछि पृथ्वीनारायण शाहले काठमाण्डौं जित्ने अठोट राखेका थिए रे तर हामीले डेटिङ गर्ने थलोको रुपमा यसलाई रोज्यौ त्यसो त हामिले काठमाण्डौ उपत्यकालाई त्यहाँ बाट नियाल्ने प्रयाश नगरेका होईनौ, उपत्यका तर्फ बाक्लो तुवाँलोले शहरलाई छोपेको थियो ।पृथ्वीनारायण शाहका पालाको किर्तिपुर काठमाण्डौं हुँदै हाम्रा पालामा धुलोमाण्डु बनिसकेको थियो । चन्द्रागिरी डाँडाबाट हामिले राजधानी शहरको सुन्दरता स्पर्श गर्ने मौका नै पाएनौ । मेरो लागि चन्द्रागिरी र यहाँबाट देखिने सुन्दरताले खासै अर्थ राख्दैन थियो, किनकि म संग संसारको सबै भन्दा ठुलो सुन्दरता साथमा थियो , रक्षाको सुन्दरता । उनको सुन्दरताका अगाडि संसारका सबै चिजहरु फिका लाग्थ्यो मलाई । रक्षा भने पुजाको साथमा प्रकृतीका मनोरम दृष्यहरु संग रमाउदै थिई । मलाई भोक लागेको थियो, मैले रक्षालाई पहिले खाना खाउँ अनि घुमौला भनेर प्रस्ताव गरे । मेरो प्रस्तावमा रक्षा राजी भईन अनि हामी लञ्चका लागि रेष्टुरेण्ट प्रवेश गरयौ । पहिले अर्डर पे गरेपछि मात्र खाना पाईने नियम रहेछ त्यहाँ । मैले रक्षालाई मेरो भिजा कार्ड दिए, पे गर्नलाई ।उनी काउन्टर तर्फ अघि बढिन, मलाई थाहा थियो कार्डबाट पे गर्दा उनलाई पिन नंवर चाहिन्थ्यो, उनले मलाई सोधिन मैले सहज रुपमा बताईदिए ।म चाहान्थे कि मेरो हरेक व्यक्तिगत कुरा उनलाई थाहा होस किनकि मलाई रक्षा आफ्नो लागि जन्मिए जस्तो लाग्थ्यो । उनका हरेक क्रियाकलापलाई म मायालु नजरले हेरिरहेको थिए र मलाई विश्वास थियो कि उनले मैले गरेको प्रेम महसुस गर्नेछिन । हामिले खाना खान थाल्यौं खाना ल्याउदा उनले मलाई मद्दत गरिन मैले उनलाई, पुजा भने आफ्नो उपवासका कारण कफि मात्रै पिईरहेकि थिईन ।मैले खाना शुरु गर्नु अघि कल्पना गरे, उनलाई मैले मेरो हातले खुवाईदिन पाए अनि कल्पना गरे उनको सुकोमल हातले मलाई मायालु पाराले खाना खुवाईदिएको तर यो मेरो कल्पना मात्र थियो, यो सब संभव थिएन किनकि त्यहाँ पुजा पनि थिईन । हामिले खाना खायौ अनि शुरु भयो हाम्रो घुमघाम । चन्द्रगिरीका मनोरम दृष्यहरुलाई पृष्ठभुमिमा कैद गर्दै फोटो खिच्ने क्रम शुरु भयो ।रक्षा र पुजाका हरेक पोजलाई आफ्नो मोवाईलको क्यामेरामा उतार्नु नै मेरो काम थियो जस्को तस्विर मनको क्यामेराले कैद गरिसकेको थियो उस्लाई मोवाईलमा कैद गर्न मलाई पटक्कै झंझट लागेन । उनीहरु दुवै जना कहिले सिङ्गल त कहिले डबल पोज दिन्थे म फोटो खिच्थे ।उनीहरु बेला बेलामा मलाई सेल्फि खिच्न बोलाउथे तर मलाई खासै मन लाग्दैन थियो, मलाई रक्षा संग नजिक भएर, संगै बसेर फोटो खिच्न मन थियो तर उनले त्यसका लागि कुनै प्रस्ताव गरिनन् मैले भन्ने आँट नै गरिन ।
बेला बेलामा बज्ने रक्षाको मोबाईलले भने मलाई चिन्तित तुल्याउँथ्यो किनकि मलाई शंका थियो उनी अरु कसैसंगको प्रेममा थिईन ।मैले पटक पटक पुजालाई रक्षाको कुनै ब्वायफ्रेण्ड छ? भनेर पनि सोध्थे तर उनी आँफुलाई थाहा नभएको बताउँथिन म झन शंकामा जल्न थाल्थे । उनको मोबाईलको घण्टी बज्यो कि मेरो अनुहारको रंग नै उडिहाल्थ्यो ।
केहिबेर फोटो खिचे पछि हामी वियरबारमा आएर बस्यौ, त्यो चिसोमा वियर पिउने त सकिँदैन थियो, हामिले हट लेमन पिउने निधो गरयौ ।अनि मैले एक बट्टा चुरोट पनि मगाए । अक्सर केटाहरु आफुले मन पराएको मान्छेको अगाडि चुरोट सेवन गर्दैनन् तर मेरो सोच अलि भिन्न थियो ।मेरा हरेक क्रियाकलाप रक्षाले थाहा पाउनु पर्छ जस्तो लाग्थ्यो ता कि रक्षाको आँखा भन्दा पर मेरो अर्को कुनै जिन्दगि नहोस अनि अर्को कुनै सत्य नहोस । यस कथाका घटना तथा पात्रहरु सबै काल्पनिक हुन, कसैकाे वास्तविक जीवन संग मेल खान गएमा संयाेग मात्र हुनेछ । क्रमश:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया