सीको व्यानर च्यातेको आरोपमा दुइ पक्राउ

काठमाडौं । असोज २५ गते चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पुर्वसन्ध्यामा काठमाडौंमा विजुलीको खम्वा तथा अन्य ठाँउहरुमा फोटो सहितको व्यानर राखिएको छ । यसरी स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा आज प्रहरीले दुई जना पक्राउ गरेको छ ।

काठमाडाैंकाे बिजुली बजार पुल तथा तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?