६० वर्षीय वृद्धद्वारा ३ वर्षीय बालिका बलात्कृत

काठमाडौं । बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँका ६० वर्षीय रामभक्त दमाई ३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङमा पीडित बालिकाकाे आमाले जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

राति १० बजे तिर मदिरा सेवन गरी घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाको आरोप छ । मदिरा सेवन गरेर राति आफूमाथि जबरजस्ती करणी प्रयास गरेको र आफू उम्केर भाग्दा नाबालिका छोरीमाथि करणी गरेको उनको भनाइ रहेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गत् मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत्त पाण्डेयले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?