काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई विभिन्न ६ वटा सुझाव दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छलफलका क्रममा भट्टराईले आफ्नो सुझाव प्रस्तुत गर्नुभएको हो ।
उहाँका अनुसार चीन,भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिन तथा तीन वटैसँग समानान्तर सम्बन्ध राख्न भट्टराईले सुझाव रहेको छ ।
यसैगरी चीनसँग रेल, सडक आदि कनेक्टिीभिटी विस्तारमा जोड दिँदै रेल बनाउँदा ऋणजालमा नफस्न समेत सुझाव दिनुभएको छ । यस्तै अनुदान र ऋणको सन्तुलन मिलाउन समेत जोड दिनुभएको छ ।
कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्राथमिकता दिने , सडकमा बढी जोड दिने, ऋण–अनुदान भन्दा औद्योगिक लगानी,व्यापार,पर्यटनमा जोड दिन पनि आफूले सुझाव दिएको भट्टराईले ट्वीटरमार्फत जनाउनुभएको छ ।
यसै सन्दर्भमा सुपुर्दगी सन्धी चीनसँग मात्र तत्काल नगर्न तथा लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्नेमा भट्टराईले जोड दिनुभएको छ ।
साथै सन् १९६० को नेपाल–चीन मैत्री–सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्न पनि भट्टराईले सुझाव दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया