काठमाडौं । नेपालमा अन्य देशका विशिष्ट व्यक्ति नेपाल आउदा सडक रातारात सफा गरिनु, पोलपोलमा आउने व्यक्तिका तस्वीर एवं पोस्टरहरु टासिँनु नौलो होइन । यसैक्रममा मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणको पुर्वसन्ध्यामा नेपालको राष्ट्रपति विध्यादेवी भण्डारी र चीनियाँ राष्ट्रपति सीको तस्वीरहरु काठमाडौंमा विजुलीका पोलमा टासिँएको छ ।
साथै उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ । चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ । सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्न सकिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउन लाग्नुभएको हो ।
हेर्नुहोस चिनियाँ राष्ट्रपति ‘सी’को स्वागतका लागि विजुलीका पोलमा टासिँएको तस्वीरहरु :
तस्वीर : बिप्लव जमकटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया