काठमाडाैं । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको श्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
उच्च रक्तचाप साथै मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो । श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि महरालाइ दिउँसो १२ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन महरालाइ सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया