चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणका बेला बिद्युत उच्च प्राथमिकतामा राख्न त्रिभुवन विमानस्थलको प्राधिकरणलाई आग्रह

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल विद्युत प्राधिकरणलाई बिजुली प्रवाहलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरेर विमानस्थलले फूलचोकीमा रहेको कम्युनिकेशन टावर र भट्टेडाँडामा रहेको राडार स्टेशनमा निरन्तर विद्युत प्रवाह जरुरी रहेकाले उच्च प्राथमिकता दिएर विद्युत आपूर्ति गर्न प्राधिकरणलाई आग्रह गरेको हो ।

यस्तै विमानस्थलले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म बिजुली पुग्ने नयाँ बानेश्वर र चावहिल फिडरको डेडिकेटेड लाइनलाई उच्च प्राथमिकतामा राख्न पनि अनुरोध गरेको छ । चिनियाँ राष्ट्रपति सि २५ गते शनिबार नेपाल आउँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?