साफ यू-१५ : जित्नैपर्ने दबाबमा बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।

भुटानको थिम्पुमा हुने खेल स्थानिय समय अनुसार दिउँसो ३ बजे सरु हुनेछ । प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसंग ४-१ को फराकिलो अन्तरले पराजित भएको थियो । बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २-० गोल अन्तरले हराएको थियो ।

आजै हुने अर्को खेलमा भारतले भुटानसंग खेल्नेछ । भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?