अफ्रिकामा बन्धक तीन नेपाली महिलाको उद्दार

काठमाडौं । दक्षिणपूर्वी अफ्रिकाको मालावीमा बन्धक बनाइएका तीन नेपाली महिलाको उद्दार गरिएको छ ।

चार वर्षदेखि नाइट क्लब सञ्चालन गर्दै आएका भारतीय नागरिक अस्लाम अदाम कसरानीले मालावीको राजधानी लिलोङ्ग्वेमा उनीहरुलाई पुर्‍याएका थिए । उद्दार गरिएका तीन नेपाली महिलालाई करिव एक महिनासम्म दुबईमा राखेर लिलोङ्ग्वे लगिएको थियो ।

२०७५ फागुन १० मा कसरानी पक्राउ परेपछि चार जना नेपाली महिलाको उद्दार गरिएको थियो । उनीहरुको बयान लिएपछि नेपाल फिर्ता पठाउने प्रक्रिया सुरु भएको थियो । अनुसन्धान पुरा भएका तीन जनालाई मालावी इन्टरपोलले नेपाल फिर्ता पठाएको र उनीहरु बिहीबार काठमाडौं आइपुगी सकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?