राष्ट्रपतिको सामान बोकेर उडेको विमान बेपत्ता

एजेन्सी । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा कार्गो विमान बेपत्ता भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा आठ व्यक्ति सवार थिए ।

कंगोको पूर्वी शहर गोमाबाट बिहीबार उडेको उक्त विमानको ५९ मिनेटपछि एयर ट्राफिकसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । विमानमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीका लागि आवश्यक सरसामान थियो ।

प्राधिकरणले विमानको खोजी कार्य जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?