उडिरहेको सिता एयरको विमानको पंखामा चरा छिरेपछि …

काठमाडौं । सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ ।
शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको हो ।

विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको हो । विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेका थिए |

विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?