१ बजेदेखि ९ बजेसम्म सवारी ठप्प पारिने, ट्राफिक प्रहरीको यस्तो आग्रह

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ को २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नेछन् ।

सिको भ्रमणको क्रममा केहि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । दिउँसो १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प पारिने भएको छ |
सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यसैबीच आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमण हुने रुटको निरीक्षण गर्नुभएको छ । प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलदेखि सोल्टीमोर्डसम्मकै सकडको निरीक्षणसहित सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?