प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपति सवार हुने सडकको निरीक्षण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिने नेपाल भमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार हुने सडकको निरीक्षण गर्नुभएको छ ।

सीको स्वागतमा नेपाली कलाकारबाट प्रस्तुत गरिने सङ्गीतबारे शुक्रबार नै जानकारी लिनुभएका प्रधानमन्त्री ओलीले आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकको अवस्थाबारे जानकारी लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने भ्रमणका लागि सी आज ३ ३० बजे नेपाल आउँदै हुनुहुन्छ । उहाँले विभिन्न भेटवार्ता गर्ने र नेपाल चीनको हितमा विभिन्न सम्झौता गर्ने बताइएको छ । उहाँले १९ घण्टा नेपालमा बिताउनुहुनेछ । यस त्र्रममा विभिन्न महत्वपूर्ण सम्झौता हुने बताइएको छ । उहाँ भोली चीन फकर्नुहुनेछ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण :  सर्वसाधारणले यी बाटो प्रयोग नगर्दा राम्रो ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?