काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकामा खाना पकाउने ग्यास लिक भइ पड्किँदा ४ जना घाइते भएका छन् ।
असोज २४ गते शुक्रबार गौशाला नगरपालिका वडा नम्बर ८ मा समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो । विस्फोटमा परी सोही वडाका २७ वर्षिय ओम प्रकाश (सरोज) यादव, २८ वर्षिय कौशल यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् ।
गौशाला स्थित एक पोलिक्लिनिकमा घाइतेहरुको प्राथमिक उपचारपछि अहिले जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ । साथै उपचाररत ४ जना मध्ये ओम प्रकाश यादव र कौशल यादव गम्भिर घाइते भएका छन् । भने सन्ताेष पासवान र रिकेश यादवको अवस्था भने सामान्य रहेको जानकी हेल्थ केयरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया