चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : कति घण्टा हुँदैछ विमानस्थल बन्द ?

काठमाडौं । २ दिने राजकिय भ्रमणका लागि नेपाल आउन लाग्नुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङको अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको अति विशिष्ट VVIP Movement सम्वन्धि सूचना :

उड्डयन कार्यालयको ‘नोटिस टु एयरम्यान’ अनुसार शनिबार दिउँसो २: ५ बजेदेखि साँझ ५ : २५ र सी फर्किने क्रममा पनि आइतबार बिहान ११ : २० देखि दिउँसो १५० सम्म विमानस्थल बन्द हुने छ ।

यस अवधीमा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन् । कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिका समेत सार्वजनिक गरेको छ ।

उडान अवतरणको व्यवस्थापनको लागि शनिबार र आइतबार विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने छ ।

र यो पनि, 

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : सर्वसाधारणले यी बाटो प्रयोग नगर्दा राम्रो

सीको सवारी हुँदा सडक पूर्ण खाली गरिने, सडकमा उभिएर हेर्नसमेत रोक

प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपति सवार हुने सडकको निरीक्षण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?