‘फ्री तिब्बत’ अभियानका २२ समर्थक पक्राउ, बढाइयो गस्ती

काठमाडौं– चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आईपुग्न केहि घण्टा मात्रै बाँकी छ । यो बिचमा प्रहरीले तैनाथी बाक्लो बनाइसकेको छ । सडकमा पातलो रुपमा मात्रै गाडी चलेका छन् । यसैबिच फ्री तिब्बत समर्थकको आशंकामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ । प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुम्बा वरिपरी तैनाथी बढाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २२ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरी तैनाथी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?