उद्योग विभागमा सात हजार उद्योग दर्ता

काठमाडौँ, २६ पुस । उद्योग विभागले हालसम्म सात हजार २६० उद्योग दर्ता गरेको छ ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म सात हजारभन्दा धेरै उद्योग दर्ता गरेको हो । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना चार हजार ६७४ उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए विभागले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना, रु १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला र रु २५ करोडभन्दा धेरै पूँजी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ स्वदेशी लगानीका साना उद्योग दर्ता भने साना तथा घरेलु उद्योग विभाग तथा साना तथा घरेलु विकास समितिअन्तर्गत रहेका जिल्ला कार्यालयले गर्दै आएका छन् यस्तै, विभागमा तीन महिनाको अवधिमा १०० भन्दा धेरै उद्योगले म्याद थप गरेका छन् । उद्योग दर्ता गरेर सञ्चालनमा नआएका उद्योगलाई विभागले म्याद थपका लागि असोज ३० गते तीन महिनाको म्याद थप सूचना जारी गरेकोमा हालसम्म १०० भन्दा बढी उद्योगले म्याद थप गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?