बन्ने भयो टोखा छहरे सुरुङमार्ग, राष्ट्रपति सीको नेपाल भ्रमण टुंगिनुअघि घोषणा गरिने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणको क्रममा विभिन्न सहमतिको मुख्य बुँदाको रुपमा काठमाडौँ केरुङ नाकालाई लिइएको छ । सी को नेपाल भ्रमणको क्रममा काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने सहमती हुने भएको छ ।

दुई खण्डमा निर्माण हुने सुरुङ पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावतीदेखी स्याफ्रुवेंसीलाई जोड्नेछ। चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण टुंगिनुअघि घोषणा गरिने सहमतीमा सुरुङमार्गले प्राथमिकता पाएको हो ।

काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्ने सुरुङमार्गको लम्बाई ४ किलोमिटर हुने भनिएपनि ८ किलोमिटरको हुदा धेरै घुम्तिहरु आफै छिचोदिनेटन् भने रसुवाको बेत्रावतीदेखी स्याफ्रुवेंसीको सुरुङमार्यको लम्बाइृ १७ देखि २४ किलोमिटर हुन जाने नेपाली पक्षको भनाई छ ।

काठमाडौ – केरूङ सुरूङमार्ग निर्माण भएपछि काठमाडौ – केरूङ जम्मा लम्बाइ ८२ किलोमिटरमा यात्रा गर्न सकिनेछ भने भुगोलको कारण पहिलो लगायतको कारण यातायात अवरुद्ध समस्याको पनि अन्त्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?