राष्ट्रपति सीको सम्मानमा रात्रिभोजः तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिद्वयको टोस्ट

शनिबार नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् । दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सीसँग शीतलनिवासमा द्विपक्षीय भेटघाट गरेपछि राष्ट्रपति भण्डारीले सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेकी हुन् ।

रात्रिभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्का सदस्य, उच्चपदस्थ अधिकारी, विभिन्न दलका नेतालगायत सहभागी थिए ।

राष्ट्रपति सीले नेपालको सम्बृद्धि र नेपाली जनताको सुखी जीवनका लागि तथाचीन र नेपालको पुस्तौँपुस्ताको मित्रताको लागि टोस्ट प्रस्तुत गरेका थिए ।
रात्रिभोजका झलक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?