छात्राहरुलाई टिका लगाइदिएर मोडर्न कन्या कलेजले यसरी मनायो दशैँ

काठमाडौं । हरेक वर्षझैं यस वर्ष पनि काठमाडौंको भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजमा विभिन्न कारणले दशैँमा घर जान नपाएका र उपत्यकामा रहेका छात्राहरुका निमित्त पूर्णिमाको दिन टिका कार्यक्रम आयोजना गरिएको छ ।

कलेजका संस्थापक अध्यक्ष डा.रामप्रसाद दाहालले उपस्थित छात्राहरुलाई टिका, जमरा लगाइदिँदै हाम्रो सनातन परम्परा अनुरुप यस अवसरमा सांस्कृतिक मूल्यकान्यताको बारेमा ज्ञान आदनप्रदान गर्न र भेटघाट तथा एकआपसमा सुमधुर सम्बन्ध कायम गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

ठूलाप्रतिको आदर, सानोप्रतिको स्नेह कायम राख्न मोडर्न कन्या कलेजले विगत १३ वर्षदेखि निरन्तर दशैँको अवसरमा टिका जमरा कार्यक्रम आयोजना गर्दै आएकोमा र बाध्यतावश घर जान नपाएका आफूजस्ता कैयौं छात्राहरुले पारिवारिक माहोलमा टिका, जमरा र आशीर्वाद थाप्न पाउँदा अत्यन्तै खुसी भएको छात्रा सिर्जना मिश्रले बताउनुभयो ।

कक्षा ११, १२ तथा स्नातक तहको सस्तो शुल्कमा स्तरीय पठनपाठन हुने र उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा पाठ्यक्रम मात्र नभएर संस्कार र संस्कृतिसमेत पढाइने हुँदा आफूलाई दशैँको वेला परिवारको न्यास्रो नलाग्ने छात्रा मनिता आचार्यले बताउनुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल सविन पोखरेल तथा अतिथि बेन्जु सरोज, तारा खत्री, जुनु अधिकारी, विनिता प्रधान, राधा दुवाल कार्की, मनिता आचार्य लगायत कलेजका भूतपूर्व विद्यार्थी र अध्यनरत विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?