काठमाडौं । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आइ कम्तिमा १० जनाको ज्यान गएको छ । आँधी साथसाथै भिषण वर्षाका कारण ठुलो जनधनको क्षति भएको एजेन्सीले जनाएको छ ।
मुसलधारे पानीका कारण आएको बाढी र पहिरोले समेत देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ । यसमा करिब अढाइ दर्जन मानिस हराइरहेका छन् ।
हगिबिस नामक सो आँधी अहिले उत्तरतिर बढिरहेको छ र समुद्रतिरै फर्कने ठानिएको छ । आँधीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे जापानी तटलाई हानेको थियो ।
सो आँधी जापानको मुख्य भूभागतर्फ २२५ किमि प्रति घण्टाको दरमा अगाडि बढेको बिबिसीले जनाएको छ । साथै २ लाख ७० हजार घरहरूमा बिजुली बत्ती बन्द भएको छ । सत्तरी लाख भन्दा बढी मानिसलाई भयानक बाढी र पहिरोको चेतावनीका बीच घर छोड्न चेतावनी दिइएको छ । तर ५० हजार मात्र सुरक्षित शिविरमा बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया