ट्रम्पका पूर्व रणनीतिकार बेननद्वारा ब्राइटबार्टबाट राजीनामा

वासिंगटन, २६ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वप्रमुख रणनीतिकार स्टिभ बेननले आफूले प्रतिष्ठा हासिल गरेको दक्षिणपन्थी झुकाव भएको समाचार संस्था ब्राइटबार्टबाट राजीनामा दिएका छन् ट्रम्पका विषयमा माइकल वुल्फले लेखेको पुस्तक ‘फायर एन्ट फ्युरी’ मा बेननले गरेको टिप्पणीले विवाद सिर्जना गरिरहेका बेला उनले आफूले प्रतिष्ठा आर्जन गरेको संस्थाबाट पनि राजीनामा दिएका हुन् सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरले एकजना रुसी वकिलसँग न्यूयोर्कमा भेटघाट गर्नुलाई बेननले देशद्रोही कार्य भएको बताएका छन् । उनी ट्रम्पका सबैभन्दा विश्वासिला र विवादास्पद सहयोगीमध्येका एक थिए तर उनले ह्वाइट हाउसका कर्मचारीबीच भएको शक्ति संघर्षकै क्रममा गत वर्ष आफ्नो पदबाट राजीनामा दिएका थिए । गत आइतवार बेननले माइकल वुल्फको फायर एण्ड फ्युरी पुस्तकमा आफूले देशद्रोही भनी गरेको टिप्पणी ट्रम्पका छोराप्रति लक्षित नभएको बताएका थिए उनले सो टिप्पणी ट्रम्प टावरमा भएको भेटमा उपस्थित ट्रम्पका अर्का सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताए बेननले सन् २०१२ देखि समाचार संस्था ब्राइटबार्टको कार्यकारी प्रमुखको रूपमा काम गर्दै आएका थिए । सो वेबसाइटमा राखिएको वक्तव्यमा ब्राइटबार्टका प्रमुख कार्यकारी अधिकृत ल्यारी सोलोभले बेननले कम्पनीलाई पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?