काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।
२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।
पक्राउ परेका आलमलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ ।
आलममाथि पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेको छ ।
लामो समयदेखि अनुसन्धानकै क्रममा रहेको उक्त घटनाको विषयमा पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा आलमको संलग्नता रहेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलम रौतहट -२ बाट प्रतिनिधि सभा सदस्य छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया