काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ पिङको दुईदिने नेपाल भ्रमणले नेपाल र चीनबिच धेरै सम्झौता साथै व्यापार व्यबसायमा सहज भएको छ । यसैक्रममा राष्ट्रपति सीको नेपाल भ्रमणले गर्दा नेपाली सुन्तला चीनमा निर्यात गर्ने बाटो खुलेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो ।
आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा. युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया