दक्षिण एसियाकै ठुलो औद्योगिक पार्क नेपालमा बन्ने

काठमाडौं । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा ठुलो औधोगिक पार्क निर्माण हुने भएको छ । एक हजार छ सय हेक्टर क्षेत्रमा निर्माण हुन लागेको उक्त पार्कको लागी चीन सरकारले सहयोग गर्ने भएको छ ।

चार चरणमा निर्माण हुने उक्त पार्क निर्माणमा पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलरको लागतमा निर्माण हुने छ ।

सो औद्योगिक पार्क काम, आराम, मनोरन्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधि मण्डलका नेता जोउ चेङ जीले शुभारम्भ सभारोहमा बताउनुभयो । साथै राजधानीमा एक कार्यक्रम बीच निर्माण शुभारम्भको घोषणा गरिएको थियो ।

औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डष्ट्रियल पार्कबीच समझदारीमा हस्ताक्षर भएको हो । ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।

सो औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ । ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रकृया पूरा भएको र अब निर्माण थालिने समारोहमा जानकारी दिइएको छ । चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?