काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ पिङको दुईदिने नेपाल भ्रमणले नेपाल र चिनबिचको धेरै कुरामा सहजता आएको छ । यसै क्रममा दुवै देशबिच हुने हवाइ आवत जावतले पनि सहजता पाउने भएको छ ।
सीको नेपाल भ्रमणपछि चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाइ पनि सहज रुपमा चिन उड्नको लागी प्रतिबद्धता समेत जनाएको छ ।
राष्ट्रपति सीको भ्रमणपछि प्रकाशित संयुक्त वक्तव्यमा पनि दुवै देशका एयरलाइन्सलाई सिधा उडानका लागि प्रवर्द्धन गर्न दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ।
वार्ताका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीनका विभिन्न विमानस्थलमा छिटो उडान अनुमति दिन सकारात्मक भएको हो।
उक्त दुइपक्षबिचको वार्ताका क्रममा एक अधिकारीले बताए अनुसार , एयरलाइन्सहरुले मौजुदा आवश्यक प्रक्रिया पूरा गरेमा तत्काल उडान अनुमति दिन कुनै समस्या नभएको चिनियाँ अधिकारीहरूले बताएका थिए।
हिमालय एयरलाइन्सले बेइजिङमा अनुमति पाइसकेको र अरु सहरमा पनि अनुमतिको अन्तिम चरणमा भएको र नेपाल एयरलाइन्स पनि ग्वाङजाउमा अनुमति पाउने अन्तिम चरणमा भएकाले नियतबस अनुमति नदिएको भन्ने साँचो नभएको हामीलाई आश्वस्त पार्नुभयो।
हिमालय एयरलाइन्सले यही कात्तिकबाटै बेइजिङको डाक्सिङ विमानस्थलमा उडान सुरू गर्ने तयारी गरेको छ। त्योसँगै हिमालयले चीनका अन्य आधा दर्जन सहरमा पनि उडानका लागि तयारी तीव्र बनाएको छ।
युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसुचिमा राखेको थियो । यहि कारण देखाएर चिनले पनि अनुमति दिन आनाकानी गरेको हो भन्ने नेपालीहरुको धारणा गलत रहेको समेत चिनियाँ पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया