काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको छ ।
सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले चिनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्र्दभमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टी को नेतृृत्वमा रहेको सरकारका अनुभवन र कामहरु सिक्न चाहेको बताउनुभएको हो ।
नेपालका कम्युनिष्टहरुले जनतासंग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दे उहाँले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपाल को विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गर्नुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू परिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उहाँले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताउनुभयो ।
भ्रमण हुनु पुर्व कतिपयले चिन सरकारसंग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दे उहाँले नेपाल सरकार छिमेकी मुलुकसंगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौ हामी सपिङ लिस्ट लिएर बसेका छैनौ । हामीले परिर्वतित सन्र्दभमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौ । त्यस हिसाबले भ्रमणले दुईदेशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो मित्रतालाई हामी पर पर पुर्याउन चाहन्छौ । ”
उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकरा प्रतिवद्ध रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया