बजेट कटौती भएपछि ६ वटा सडक आयोजना अलपत्र

बाबियाचौर, २६ पुस । बजेट कटौती भएपछि म्याग्दीमा सञ्चालित ६ वटा ग्रामीण सडक आयोजना अलपत्र परेको छ सडक डिभिजन कार्यालय बागलुङमार्फत आर्थिक वर्ष २०७३÷७४ मा बजार केन्द्र तथा पर्यटकीय महत्वका सडक कार्यक्रमअन्तर्गत सञ्चालित आयोजना अलपत्र परेको हो दरवाङ–देवीस्थान–धारापानी–ताकम–ढोरपाटन सडकअन्तर्गत पुरानो सडक स्तरवृद्धिका लागि र मुनादेखि मार्ग खोल्न दुई वटा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको थियो यसैगरी बिमको अर्गला हुँदै मराङ–मल्कबाङ–कुइनेको नयाँ मार्ग निर्माण, पोखरेबगर–घार–शिख स्तरवृद्धि, रत्नेचौर–भकुण्डे–भकिम्ली, अर्थुङ्गे–पुलाचौर–कुहुँ सडक आयोजना सञ्चालनमा आएको थियो तर काम पूरा नहुँदै बजेट कटौती भएपछि ती सबै आयोजना अलपत्र परेका हुन् ती सबै सडक आयोजना निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु सात करोडमा सम्झौतासमेत भएको थियो । सो आवको अन्त्यमा शुरु भएको काम पूरा नहुँदा लक्ष्यअनुसार सबै बजेट खर्च हुन सकेको थिएन चालू आवमा अर्थ मन्त्रालयले बजार केन्द्र जोड्ने पर्यटकीय महत्वका सडक शीर्षकको कार्यक्रममा बजेट विनियोजन नभएकाले काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले बताए योजनाले पूर्णता नपाउँदा सडकको अवस्था लथालिङ्ग बनेको छ । सडक फराकिलो बनाउन भित्ता खनिएपछि कतिपय ठाउँका बस्तीसमेत जोखिममा परेका छन् । सडक डिभिजनले शुरु गरेको कामले पूर्णता नपाउँदा स्थानीय तह र अन्य आयोजनाले काम अघि बढाउन सकेका छैनन् सडक डिभिजन योजनाले निरन्तरता पाउने÷नपाउने भन्नेमा अन्योल रहँदा गाउँपालिकाले बजेट विनियोजन गरेको योजना सञ्चालनमा अप्ठ्यारो परेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए गाउँपालिकाले चालू आवमा बिम अर्गला मराङ मल्कवाङ सडक आयोजनाका लागि ९० लाख विनियोजन गरेको छ । तर सोही सडकको मार्ग खोल्न सडक डिभिजनले गत वर्ष शुरु गरेको काम अलपत्र अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?