काठमाडौं । विराटनगर महानगरपालिकाले यस वर्षको दशैँमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण नगरेको कारण करिब पाँच हजार भन्दा बढि जेष्ट नागरिकको दशैँ खल्लो बन्न पुगेको छ ।
सरकारले दिने सामाजिक सुरक्षा भत्ता नै दशैंको मुख्य गर्जो टार्ने आधार रहेको र भत्ता नपाउँदा धेरै नै समस्या परेको स्थानिय बताएका छन् ।
चालु आर्थिक वर्षदेखि सरकारले ज्येष्ठ नागरिकहरुलाई मासिक तीन हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । महानगरले ढिलाइ गरेका कारण ज्येष्ठ नागरिकले भत्ता नपाएका हुन् ।
नयाँ आर्थिक वर्षको पहिलो चौमासिकमा महानगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउनेहरुको संख्या ११ हजार ९ सय ८४ छ । जसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ५ हजार ३ सय ३ छ । ६० वर्ष भन्दामाथिका दलित ज्येष्ठ नागरिकको संख्या ६७७, एकल महिला ६८९, विधवा ४ हजार ९०, निलो कार्ड भएका अपाङ्ग ३०६, रातो कार्ड भएका अपाङ्ग २७६ र बालबालिका ६४२ छन् ।
जम्मा ११ हजार ९ सय ८४ जनाका लागि ११ करोड ५६ लाख ३० हजार २०० रुपैयाँ बैंकमा पठाइएको विराटनगर महानगरपालिका सामाजिक सुरक्षा साखाका अधिकृत लक्ष्मी धिमालको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया