महराको डीएनए परीक्षण हुने

काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्तीकरणीको गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ ।

महिला कर्मचारीमाथि जबरजस्तीकरणीको गरेको आरोप लागेका उनलाई १९ पक्राउ गरिएको थियो । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरालाई उच्च रक्तचापको समस्या देखिएपछि अहिले नर्भिक अस्तपाल भर्ना गरिएको छ । अहिले उनि अस्पतालको क्याबिनमा रहेका छन् ।
प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी गरेको छ ।

घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो/होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो । प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको जनाइएको छ ।

महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तरवार्तामा महराले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले असोज १३ गते नै सभामुख पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?