राष्ट्रपति उपस्थित कार्यक्रममा पत्रकारले पाएनन् अनुमति

काठमाडौं । गैरआवासीय नेपालीहरुको विश्व सम्मेलनको आज राष्ट्रपति विद्यादेवी भण्डारीले हायत होटलमा एक कार्यक्रमका बिच उत्घाटन गर्नुभएको छ । प्रमुख अतिथीको रुपमा राष्ट्रपति भण्डारी उपस्थित सार्वजनिक महत्वको कार्यक्रममा बिभिन्न मिडियाका पत्रकारहरुलाई विशेष पास नभएको भन्दै सुरक्षाकर्मीहरुले अवरोध पुर्याएका छन् ।

राष्ट्रपति भण्डारी उपस्थित हुने जुनसुकै सार्वजनिक कार्यक्रममा पनि नेपाल सरकारले जारी गरेको सुचना विभागको प्रेसपासलाइ मान्यता दिइन छोडेसँगै मंगलबार आयोजित एनआरएनएको कार्यक्रममा उक्त कुरा अन्य बेला जस्तै दोहोरिएको हो ।

यसैक्रममा राष्ट्रपति उपस्थित कार्यक्रममा मात्र नभएर शीतलनिवासमा हुने सपथग्रहण कार्यक्रममा पनि पत्रकारहरुलाई सुरक्षाकर्मीहरुले सास्ती दिने गरेका छन् ।

राष्ट्रपति आएको कार्यक्रममा सूचना विभाग वा कुनै पनि मिडिया हाउसको परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न नपाइने भन्दै सुराक्षाकर्मी र आयोजकहरुले पत्रकारलाई रोकतोक गरे । एनआरएनएले जारी गरेको ‘विशेष पास’ लिएर मात्रै कार्यक्रमको रिपोर्टिङ गर्न पाइने भन्दै पत्रकारहरुलाई कार्यक्रमस्थलमा प्रवेश गर्न अवरोध गरिएको गुनासो पत्रकारहरुको छ ।

कुनै संघ संस्थाको बन्दशत्र वा कसैले आयोजना गरेको भोज(भतेरबाहेक) कुनै पनि सार्वजनिक महत्वका कार्यक्रमहरुमा प्रेस पास देखाएर रिपोर्टिङ गर्न पाउनु पत्रकारहरुको संवैधानिक अधिकार भएको विज्ञहरु बताउँछन् । राष्ट्रपति, प्रधानमन्त्रीले भाषण गर्ने सार्वजनिक कार्यक्रममा पत्रकारलाई छुट्नै पासको जरुरत नपर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?