चिलिमे-त्रिशूली प्रसारण लाइनको ४५ प्रतिशत काम सम्पन्न

काठमाडौं । रसुवाको माथिल्लो क्षेत्रमा निर्माणधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण कार्य हालसम्म ४५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

अहिले जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सकिएको छ भने प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको
आयोजकले जनाएको छ ।

जिल्लाको तिरु र हाकुमा १५ वटा टावरको उत्खननको काम सकिएको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताउनुभयो । गोल्जुङदेखि मैलुङसम्म २२० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबीको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुने छ । गोल्जुङदेखि थ्रीबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ ।

२०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो ।

सम्झौता अनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ । थपिएको समय सीमा अनुसार २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ ।

साढे २७ किलोमिटर दुरी रहेको प्रसारण लाइन निर्माणमा सडकको पहुँच नपुगेको,भौगोलिक विकटता साथै डिजाइनमा धेरै समय लागेको कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?