काठमाडौं । कात्तिक १ गतेबाट ४ गतेसम्म गोदाबरीमा पुष्प मेला प्रर्दशनी हुने भएको छ ।
विगतका बर्षमा जस्तै यसबर्ष पनि फूलको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले तिहार अघि नै मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
अघिल्लो आर्थिक बर्षमा २ अर्ब ४२ करोडको कारोबार भएको र यस वर्ष झन्डै ३ अर्बको कारोबार हुने आयोजकको दावी रहेको छ ।
अहिले जाडो मौसमका बेला फूल विदेशबाट आयात हुदै आएको छ । खासगरी अहिले १२ प्रतिशतकै हाराहारीमा विदेशबाट फूल आयात भएको पाइन्छ ।
मेलामा ४४ ओटा फुलको व्यवसायिक कारोबार गर्ने स्टल राखिने, ४ ओटा सुचनामूलक स्टल र एउटा प्रतियोगितात्मक स्टल रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया