एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा गैरेको उम्मेद्वारी, को हुन् गैरे ?

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को ९ औं महाधिवेशनमा टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । आफ्नो उम्मेद्वारी घोषणा गरेसँगै उहाँ चुनावी तयारीमा लाग्नुभएको छ ।

उहाँले गैर आवासीय नेपाली संघ (एनआरएनए) अंतरराष्‍ट्रीय समन्वय परिषदको ९ औं विश्व सम्मेलनको भव्य सफताको शुभकामना व्यक्त गर्दै सम्मेलनले एनआरएनए नेतृत्व फेर्ने मात्र नभई यस अभियानका अभियन्ताहरुको एकता सद्भाव र एक आपसको सहकार्यले विश्वभरी रहेका नेपालीहरुको हक हितको लागि महत्वपूर्ण कार्य गर्न सकोस भनि कामना गर्नुभएको छ ।

कुनै पदमा बसेर आफ्नो पदको मर्यादा राखी समाज सेवा गर्नुपर्नेमा उहाँको जोड छ । विगतका अभ्यासहरुलाई निरन्तरता दिनेमा दृढता देखाउँदै यसैको कडीको रुपमा एनआरएनको महाधिवेशनमा उम्मेदवारी दिएको गैरे बताउनुहुन्छ ।

गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय सहसचिवबाट यात्रा सुरु गरेका गैरे गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षको जिम्मेवारीसम्म पुगिसक्नुभएको छ ।

गैरे हाल जापानको तर्फबाट एनआरएनए आइसिसी सदस्य रहेर समाजसेवाका काममा लागिरहनुभएको छ । एनआरएनएको सुरुवातदेखि यस अभियानमा सक्रियरुपमा अग्रसर रहनुभएको उहाँ नेपाल र जापानमा रहेका अन्य विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्दै आइरहनुभएको छ ।

उहाँ विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबमा समेत आबद्ध भई नेपाल र नेपालीको लागि विभिन्न तह र तप्कामा सहयोग गर्दै आइरहनुभएको छ ।

नेपालमा पर्यटन , स्वास्थ्य , शिक्षा, बैंकिंड़ग, हाइड्रो, इन्फाइस्ट्रक्चर, प्रोपर्टी डिलर, रेमिटान्स, कृषि लगायत सबै क्षेत्रमा लगानी गरी अरु सबैलाई पनि आफुले विदेशमा सिकेको सिप र कमाई नेपालमा लगानी गर्न अभियानात्मक ढंगले काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?