अवैध हुण्डी कारोबार गर्ने एक व्यक्ति १० लाख नगदसहित पक्राउ

काठमाडौं ।अवैध रुपमा हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले मोरङको विराटनगर महानगरपालिका-४ कन्चनबारी चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् ।

रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै पक्राउ परेका रायको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?