डिनलाई कालोमोसो दल्ने पक्राउ

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डिन डा. जगदीश अग्रवाललाई कालोमोसो दलेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । टिचिङ अस्पताल भित्र आफ्नै कार्यकक्षमा डाक्टर अग्रवाललाई बिजय थापाले कालोमोसो दलेका थिए ।

थापालाई प्रहरीले काठमाडौँ महाराजगन्जबाट पक्राउ गरेको हो ।

चिकित्साशास्त्र सङ्कायका डिन डा. अग्रवाललाई टिचिङ अस्पताल भित्र आफ्नै कार्यकक्षमा कालोमोसो दलेको आरोपमा  काठमाडौं कागेश्वरि मनोहरा नगरपालिका १ बस्ने बर्ष २८ का बिजय थापालाई महानगरिय प्रहरी वृत्तको टोलिले पक्राउ गरेको हो । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको महानगरिय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?