राष्ट्रपति आज म्यान्मार जानुहुँदै

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार भ्रमणका लागि जाँदै हुनुहुन्छ । म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा राष्ट्रपति भण्डारी  बुधबारदेखि कात्तिक ३ गतेसम्म राजकीय भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमणका अवसरमा राष्ट्रपतिले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा बगान र यंगोनको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी रहेको बताइएको छ ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले समकक्षी मिन्त, स्टेट काउन्सिलर आङ सान सुकीसँग भेट गर्ने बताइएको छ । यस्तै, त्यहाँ रहेका नेपाली मूलका नागरिकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?