काठमाडौं- जनकपुर एयरपोर्टस्थित बुद्ध एयरको काउण्टरमा भएको तोडफोट घटनामा पक्राउ परेका सांसदको रिहाइको माग गर्दै राजपा आन्दोलित बनेको छ । सर्लाही क्षेत्र नं। १ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रमोद कुमार साहले विवादको क्रममा आक्रोशमा लात हान्दा काउण्टरको सिसा फुटेको समाजिक सञ्जालमार्फत स्वीकार गरेका छन्। उनलाई पक्राउ गरेपछि रिहाईको माग गर्दै राजपाले रामानन्द चोकमा टायर बालेर सडक समेत जाम गरेको हो ।
प्रहरीले जनकपुरधाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई जिरोमाईलस्थित बस स्टेण्ड र पिडारी चोकमा रोकेको थियो । एक घण्टाको जामका कारण सवारी आवागमन ठप्पै भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया