काठमाडौं – विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित हुनुभएको छ । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव आज हुँदैछ ।
मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी हुनुभएको हो । शिवप्रसाद थापाको पोल्टामा बाँकी मत पर्यो । त्यसबाहेक करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ । महासचिवमा निर्देश सिलवाल र सचिवमा सञ्जीव भट्टराई निर्वाचित हुनुभयो ।
विवेकशील नेपाली दलले यो पटक विदेशमा भएका आफ्ना सदस्यहरुलाई अनलाइन भोटिङ समेत गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया