शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्टमा राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक शीतल निवासदेखि एयरपोर्टसम्म हेलिकप्टर प्रयोग गर्नुभएको छ । नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि खरिद गरेको एक अर्ब ७० करोड रुपैयाँ बराबरको हेलिकप्टरमा उहाँ आज चढ्नुभएको हो । म्यानमारको भ्रमणमा जाने क्रममा उहाँले आज बिहान शीतल निवासबाट एयरपोर्टसम्म हेलिकप्टरको प्रयोग गर्नुभएको हो ।

यो हेलिकप्टर खरिदपछि जनताले असन्तुष्टि पोखेका थिए । १५ सीट क्षमताको यो हेलिकप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुने बताइएको छ ।
भिआइपी र भिभिआइपीहरूको सवारीका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो बढेपछि राष्ट्रपति भण्डारीले आज हेलिकप्टर प्रयोग गरेको बताइएको छ।
म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लाग्नुभएकी उहाँलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?